बजाजको नयाँ शोरुम कैलाली लम्कीमा शुरु



काठमाडौं । बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले पूर्ण सुविधा सहितको नयाँ शोरुम “गंगा आटोमोबाइल्स्” कैलालीको लम्कीमा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने बताईएको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी कैलालीको लम्कीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले कैलालीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको जनाएको छ ।


क्लिकमान्डु