गोदरेजका फ्रिज तथा वासिङ मेशिन सार्वजनिक




काठमाडौं । गोदरेज ब्राण्डको नेपाल बितरक इओएल प्रालिले गोदरेजका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ।

कम्पनीले एनएक्सडब्लु सिरिजका रेफ्रिजरेटर, चेस्ट फ्रिजर तथा वासिङ मेशिनहरु सार्वनजिक गरेको हो।

कम्पनीले नेपालभरी छरिएका बिक्रेताहरुको उपस्थितिमा गोदरेजका नयाँ उत्पादनहरु सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ उत्पादनहरु विश्वस्तरीय डिजाइनका भएको र उपभोक्ताले रुचाउने विश्वास समेत लिएको जनाएको छ।


क्लिकमान्डु