नेपालकै अग्रणी महिला चालकलाई यामाहाको स्कुटर उपहारमा



काठमाडौं। १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी, सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ ।

३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पु¥याउनुका साथै साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एमएडब्लुले यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको जानकारी दिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा कमला श्रेष्ठले सुरुवाती दिनहरुमा स्कुटर चालकका रुपमा आफूले भोगेका अप्ठेरा र समस्याका बारेमा अनुभव बाँडेकी थिइन् ।

‘थाइल्यान्ड बसाइको बेला त त्यस्तो समस्या आएन तर नेपाल फर्केपछि भने विभिन्नखाले समस्या आइलागे । छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडि स्कुटर चढेर हिंड्नु कम्ता चुनौतीपूर्ण थिएन,’ वरिष्ठ सौन्दर्य व्यवसायी तथा महिला उद्यमी श्रेष्ठ भनिन्, ‘समाजले राम्रो नजरले हेर्दैनथ्यो । जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिसहरु थिए । तर घरपरिवारको साथ पाएर लामो समयसम्म स्कुटर चलाएँ ।’

उनी हाल नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कटिमीकी अध्यक्ष र सौन्दर्य व्यवसायी संघ, नेपालकी अध्यक्षसमेत छिन् ।

कमला श्रेष्ठलाई एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रुपमा लिइए पनि आजभोलि आधा स्कुटर चालक पुरुष भएको बताए ।

यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियान अन्तर्गत बुधबार (७ मार्च)मा नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो । यसै अवसरमा यामाहाले आफ्ना सर्भिस सेन्टरहरुबाट सबै ब्रान्डका स्कुटरलाई निशुल्क ‘वास’ गरिदिएको थियो ।


क्लिकमान्डु