सकियो केएल मोबाइल मेला, बाइ वान गेट वान फ्री र एक्सचेञ्ज अफर कायमै



काठमाडौं । केएल मोबाइलहबले सञ्चालन गरेको मोबाइल मेला बुधबारदेखि सकिएको छ । मोबाइलका पारखीलाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यसहित हबले फागुन १ गतेदेखि मोबाइल मेला आयोजना गरेको थियो । मेला सकिए पनि २ वटा अफरहरुलाई भने मोबाइलहबले निरन्तरता दिएको छ ।

मोबाइल मेलाले अपेक्षा अनुसार सफलता पाएको आयोजकले जानकारी दिएका छन् । मेलामा देखिएको सेवाग्राहीको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मोबाइल मेला सकिएपनि केही समयसम्म एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफर सञ्चालन भैरहने छ ।

त्यसै गरी मोबाइल एक्सचेञ्ज अफरलाई पनि केही समयका लागि निरन्तरता दिइएको ग्लाइडरले बताए । ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् । फागुन १६ गतेसम्म चल्ने भनिएको मेला सेवाग्राहीको चापका कारण एक साता पछिसम्म सञ्चालन गरिएको थियो ।

विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहबमा उपलब्ध छन् । अधिकांस ब्राण्डले मोबाइलहबमा नै टच एन्ड फिल काउन्टर समेत सञ्चालन गरिरहेका छन् । मोबाइलहबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवा पनि उपलब्ध छ ।


क्लिकमान्डु