बाजुराको गौमुल गाउँपालिकाले लगायो बैंक तथा वित्तीय संस्था खोल्न प्रतिबन्ध



काठमाडौं । बाजुराको गौमुल गाउँपालिकाले बैंक तथा वित्तीय संस्था खोल्न रोक लगाएको छ ।

गाउँपालिकाको फागुन ८ मा बसेको गाउँसभाले गाउँपालिका बाहिरका वाणिज्य बैंक,विकास बैंक,फाइनान्स कम्पनी,लघुवित्त तथा सहकारीलाई खोल्न रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकामा अहिले संचालन रहेका बैंक तथा वित्तीय संस्थालाई एक महिनाभित्रमा कारोबार बन्द गर्न सूचना जारी गरिएको छ ।

सरकार तथा राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा यसको शाखा खोल्ने रणनीति लिएपनि बाजुराको गौमुल गाउँपालिकाले भने शाखा खोल्न नदिने रणनीति लिएको हो । गाउँपालिकाले स्थानीय सहकारीलाई मात्र बढावा दिने नीति लिएको छ । सरकारले गाउँपालिकामा पठाएको बजेट बैंकबाट खर्च गर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु