आगामी कात्तिकभित्रै दोहोरो अंकको आर्थिक वृद्धिः प्रधानमन्त्री, अर्थमन्त्री खतिवडाले चाहिँ यसो भने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा देशमा दोहोरो अंकको आर्थिक वृद्धिदर गर्ने बताएका छन् । बिहीबार बालुवाटारमा नेपाल चेम्बर अफ कमर्शको सुझाब प्रतिवेदन बुझ्दै ओलीले यस्तो बताएका हुन् ।

‘मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धिदरमा पर्याप्त हुँदैन, स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने सरकारको योजना छ,’ प्रधानमन्त्री ओलीले भने ।

गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुयाउने योजना रहेको पनि प्रधानमन्त्रीले सुनाए ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रकोतर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी दिए । उनले तत्काल गर्न सकिने र दीर्घकालिन योजनाका सुझाबहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराए ।

स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए । दिइएको सुवावहरुमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने खतिवडाले स्पष्ट पारे ।

चेम्वरले ‘आगामी दशक दोहोरो अंकको आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । बिहीबार प्रधानमन्त्री ओलीसमक्ष निजी क्षेत्रकोतर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाइएको २३ पृष्ठ लामो सुझाब प्रतिवेदन सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्त रुपमा मिलेर अगाडि वढ्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा चेम्वरका निवर्तमान अध्यक्ष सुरेश कुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, महेन्द्र मान श्रेष्ठ, दीपक कुमार मलहोत्रा, इच्छाराज तामाङ, भाष्करराज राजकर्णिकारलगायतका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए ।


क्लिकमान्डु