फरार सांसद् रेशम चौधरीले गरे आत्मसमर्पण



कैलाली । कर्तव्य ज्यान मुद्दामा फरार रहेका सांसद् रेशम चौधरीले जिल्ला अदालत कैलाली समक्ष आत्मसमर्पण गरेका छन् ।

उनी जिल्ला अदालतमा उपस्थित भएर आत्मसर्पण गरेका हुन् ।

कैलालीको टीकापुरमा २०७२ भदौ २७ मा भएको हिंसामा एसएसपीसहित ७ प्रहरी र एक बालकको हत्या भएको घटनामा संलग्न चौधरी फरार अभियुक्त हुन्। प्रहरीले फरार अभियुक्त बनाई दायर गरेको मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ।

प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राजपाको तर्फबाट २० हजार मत अन्तरले निर्वाचित भएका थिए । उनले विजयको प्रमाणपत्र समेत पाएका छैनन्।


क्लिकमान्डु