१२ लाख ५० हजार रुपैयाँमा थुलुङ राई भाषाको पाठ्यपुस्तक निर्माण हुदै
काठमाडौं । थुलुङ राई भाषाको पाठ्यक्रम/पाठ्यपुस्तक निर्माण सुरु भएको छ । संबिधानले स्थानीय मातृभाषालाई संरक्षण गर्ने ब्यवस्था गरेपछि यस्तो कार्य सुरु भएको हो ।
भाषाविद् डा. तारामणि राईको प्राज्ञिक सहयोग, सहजिकरण र सल्लाहमा थुलुङ राई भाषाको पाठ्यपुस्तक निर्माण कार्य अघि बढिरहेको हो । थुलुङ राई बहुल भाषिक क्षेत्रमा यसै शैक्षिक सत्रबाट पढाइ शुरु गर्ने गराउने गरी काम द्रुत गतिमा अघि बढिरहेको निर्माण समितिका सचिव मनिषा थुलुङले जानकारी दिइन् ।
पाठ्यक्रम निर्माण गर्न करिब १२ लाख ५० हजार लाग्ने अनुमान गरिएको निर्माण समितिका कोषाध्यक्ष सन्तोस थुलुङले बताए ।
उक्त कार्य सम्पन्न गर्नका लागि सोलुखुम्बु र खोटाङका जनप्रतिनिधीहरुसँग सहयोगको अपेक्षा गरिएको र प्रतिनिधीहरुले सहयोग गर्ने प्रतिबद्वता गरेको बताइएको छ ।
त्यस्तै देश, बिदेशमा रहेका सुभेच्छुकहरुलेसमेत यस ऐतिहासिक कार्यका लागि सहयोग गर्ने भएपनि अहिलेसम्म सहयोग रकम नआईसकेकोले पाठ्यपुस्तक निर्माणमा ढिलाई भइरहेको सचिव थुलुङले बताए ।
यसै शैक्षिक सत्रबाट थुलुङ राई बहुल भाषिक क्षेत्र सोलुको देउसा, मुक्ली, लोखिम, जुबु, खोटाङको रिब्जुङ महेश्वरी, ज्यामिरे र ओखलढुङ्गाको कुहिभीरमा पढाइ शुरु गरिने सचिव थुलुङले जानकारी दिए ।
पाठ्यपुस्तक निर्माण कार्य तिब्र गतीमा अघि बढ्दै गर्दा आर्थिक अभावले निर्माण समितिलाई पिरोल्न थालेको छ ।
‘पाठ्यपुस्तकको मस्यौदा लगभग तयार भइसक्यो, छाप्ने पैसा छैन, अब हामी पाठ्यपुस्तक निर्माण सँगै आर्थिक सङ्कलनलाई पनि तिव्रता दिनेछौं’ सचिव मनिषा थुलुङले भनिन् ।
आर्थिक सङ्कलन गर्ने क्रममा थुलुङ राई संस्कृति प्रतिष्ठान, लोखिम, सोलुका अध्यक्ष समाजसेवी, सांस्कृतिक अभियन्ता निर्कुधन थुलुङ राईले ५० हजार रुपैयाँ सहयोग रकम समितिलाई प्रदान गरेको कोषाध्यक्ष शन्तोष थुलुङले बताए ।