११ अर्ब भ्रष्टाचार भएको तथ्यांकसहित अख्तियारले हाल्यो मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार ५३० रुपैयाँ बराबरको भ्रष्टाचार भएको तथ्यांकसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदनमा आयोगले विशेष अदालतमा १५५ वटा मुद्दा दायर भएको जनाएको छ । ती मुद्दामा सबैभन्दा बढी घुस लिएको मुद्दा नै रहेका छन् ।

आयोगले सबैभन्दा बढी मुद्दा घुस खाएको विषयमा नै दायर गरेको छ । कुल ६४ वटा मुद्दा घुससँग जोडिएका छन् । यस्तै नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ४०, गैरकानुनी लाभ र हानी तर्फ ११ रहेको छन् । यसलाई पनि घुस शीर्षकमा राख्दा आयोगले दायर गरेको कूल मुद्दा मध्ये सबैभन्दा बढी नै यही शीर्षकमा देखिन पुगेको छ ।

विशेष अदालतमा दायर गरिएका मुद्दामा भने आयोगलाई ७३.१३ प्रतिशत मात्रै सफलता हासिल भएको छ ।

यसैगरी सार्वजनिक सम्पत्तिको हिनामिना विरुद्ध भएको कारवाहीबाट ४५ करोड ५५ लाख ६६ हजार ९६ रुपैयाँ असुल उपर भएको छ ।

सार्वजनिक पर्ती जग्गा विभिन्न बहानामा व्यक्तिका नाममा दर्ता कायम गरिएका जग्गा मध्ये आर्थिक वर्ष २०७३/७४ मा पहाडमा ५ रोपनी २ अना ३ पैसा र तराईमा ७७ विगाहा ७ कट्ठा १७ धुर सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ । प्रारम्भिक छानबिनमा रहेका मुद्दाबाट ५ करोड ७३ लाख २२ हजार ८२८ असुल उपर गरिएको छ भने १ करोड ३० लाख ७१ हजार २७६ असुल गर्न सरकारलाई लेखी पठाइएको छ ।

आयोगले सो आर्थिक वर्षमा ७६ बैठक बसी ८६० निर्णय लिएको थियो । तर विशेष अदालतमा दायर गरिएका मुद्दामा भने आयोगलाई ७३.१३ प्रतिशत मात्रै सफलता हासिल भएको छ ।

अनुसन्धानमा देखिएको कमजोरी, विषयगत विज्ञको अभाव तथा कमजोर मुद्दाका कारण भ्रष्टाचार जन्य गतिविधिमा संलग्नले समेत उन्मुक्ति पाएका छन् । तर आर्थिक वर्ष २०७२/७३ मा भन्दा आर्थिक वर्ष २०७३/७४ मा भने १३.१३ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएका छन् ।


क्लिकमान्डु