प्रेम दिवसको अवसरमा केएल मोबाइलहबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा



काठमाडौं, २ फागुन । केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ ।

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित ‘अफर भित्र पनि अफर’ नामको मोबाइल मेला आयोजना गरेको हो ।

फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खाली नजाने उपहारहरु पनि ग्राहलाई मोबाइल हबले बितरण गर्ने बताईएको छ ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ ।

साथै मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ । मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्ने छ ।

यसै बिच मोबाइल हबले दशैं तिहारमा सञ्चालन गरेको अफर भित्र पनि अफरको गोलाप्रथा खोलेर विजेताहरु छनौट गरेको छ । ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सिटिभी मोबाइल, सिटीसी मलस्थित द वल्र्ड भिजन र केएल मोबाइल हब र एप्पल वल्र्ड दरबामार्गमा मोबाइल खरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो ।

उपहार योजनाको पहिलो उपहार यामाहाको आर वान फाइभ मोटरसाइकल कुपन नम्बर ११५८ का बुढानिलकण्ठ बस्ने नबिन श्रेष्ठले पाएका छन् । त्यसै गरि कुपन नम्बर २२०७ का कालिमाटी बस्ने सफल न्यौपानेले आइफोन ८ पाएका छन् । कुपन नम्बर २६९३ का हात्तिबन बस्ने सुरज महर्जनले मलेशिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् ।

१०५० कुपन नम्बरका बौद्ध बस्ने शिक्षा लामाले भिभोको वाई ५३ मोबाइल जितेकी छन् । कुपन नम्बर २२४७ की यांगी शेर्पाले जेडटीईको एस ६ मोबाइल जितेकी छन् । कुपन नम्बर २५४९ का बल्खु बस्ने परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइल जितेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु