विदेशबाट आउने रेमिटेन्स घट्दा देश साढे ६ अर्बले घाटामा



काठमाडौं । विदेशबाट आउने रेमिटेन्स घटेपछि देश घाटामा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको आर्थिक स्थिती अनुसार शोधानान्तर घाटा ६ अर्ब ६६ करोड रुपैयाँले घाटामा गएको छ ।

अघिल्लो वर्ष शोधानान्तर ४५ अर्ब रुपैयाँले बचतमा थियो । देशबाट बाहिरिने र भित्रने रकमको अन्तरलाई शोधानान्तर भनिन्छ । देशबाट बाहिरिने रकम बढी भित्रने भन्दा बढी भएमा शोधानान्तर घाटामा जान्छ ।

देशमा भित्रने प्रमुख रकमको स्रोत रेमिटेन्स घटेको हुँदा शोधानान्तर घाटामा गएको हो ।

यस्तै चालु खातापनि डरलाग्दो गरी घाटा बढ्दै गएको छ । पुस मसान्तसम्ममा चालु खाता घाटा ७५ अर्ब ७१ करोड रुपैयाँमा पुगेको छ ।

शोधानान्तर घाटा बढेपनि देशको वैदेशिक मुद्रा संचिति १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षभन्दा ०.५ प्रतिशतले रेमिटेन्स घटेको छ ।

६ महिनाको अवधीमा नेपालले ४१ अर्ब रुपैयाँ निर्यात गरेको छ । आयात भने ५ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । ६ महिनाको अवधीमा व्यापारघाटा ४ खर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु