पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना हुने



काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले आउँदो फागुन १८ गतेका दिन पोखरामा विभिन्न देशका उत्कृष्ट रेस्लरहरुसहित आरडब्लू संग्राम नामक अन्तर्राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिता आयोजना गर्ने भएको छ ।

डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य तथा डबल एस प्रा. लि. को ब्यबस्थापन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकाश समितिको समंयोजकत्वमा रेस्लिङ प्रतियोगिता गर्न लागेको संस्थाले जानकारी दिएको छ ।

पोखरामा हुने सो प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिसहोम एक्सन स्पोर्टस टिभीले गर्नेछ ।

पोखरा को दशरथ रगंशाला परिसरमा होलीको अवसरमा आयोजना हुने आरडब्लू संग्राम मा ४ देशका खेलाडीहरुको सहभागिता रहनेछ ।

पालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु , डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याड.ले प्रतिस्पर्धा गर्ने छन् भने अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलले पोखरेली दर्शकलाई मनोरञ्जन दिने छन् ।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु रहेका छन् । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने भएकी छन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर के. सी. र प्रदिप पाण्डे ले संचालन गर्ने जानकारी दिईयो ।


क्लिकमान्डु