रेनोको वाउ अफर, ८.९९ प्रतिशत व्याजमा नै कार



काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ ।

यो योजना माघ २४ गतेबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ व्याजदरमा खरिद गर्न पाउने छन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने ब्यवस्था मिलाएको छ ।

यस अफर योजनामा व्याजदरको अलावा २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सीङ र आर्कषक नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टि समेत दिएको छ ।

यो अफर नेपालभर रहेका रेनो शोरुमहरुबाट ग्राहकले लिन सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु