टिभिएसको ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ योजना



काठमाडौं । नेपालमा टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्वा मोटर्सले प्रणय दिवसको अवसरमा ‘सेलिब्रेट भ्यालेनटाइन्स डे इन स्टाइल’ नामक योजनाको घोषणा गरेको छ ।

यस योजना अन्तर्गत, ग्राहकले कुनैपनि टिभिएस स्कुटर विगो, स्कुटी जेष्ट, ड्याज र जुपिटरको खरिदमा तत्काल उपहार स्वरुप ५ हजार रुपैयाँ क्यास छुट जित्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले हरेक हप्ता लक्की ड्रमा भाग लिई बम्पर उपहारमा–हिराको औंठी जित्ने मौका पाउन सक्नेछन् ।

तर, ग्राहकले टिभिएस जुपिटर क्लासिक इडिसनको खरिदमा भने ५ हजार रुपैयाँ छुट पाउने छैनन् । उनीहरुलाई हरेक हप्ता हुने लक्की ड्र मा भने सहभागी गराइने छ । त्यसैले जुपिटर क्लासिकका ग्राहकले लक्की ड्रमा सहभागि भै हिराको औंठी जित्ने मौका भने पाउने छन् ।

यो योजना फेब्रुअरि ५ तारिखदेखि सुरु भैसकेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु