आइएमइ अटोमोटिभ्सद्धारा ढोरपाटन भलिबल लिग बिजेतालाई युएम पावरम्याक्स स्कुटर प्रदान



काठमाडौं। आइएमइ अटोमोटिभ्सले १३ औं रेड बुल ढोरपाटन युएम वोमेंस भलिबल डबल लिग च्याम्पियन शिप प्रतियोगिताका बिजेता लाई ५ वटा युएम पावरम्याक्स स्कुटरको साँचो हस्तान्तरण गरेको छ ।

सो टुर्नामेन्टका बेस्ट प्लेयर, राइजिङ्ग प्लेयर, प्लेयर अफ द येअर र प्लेयर अफ द सिरिज साथै एक भाग्यशाली दर्शकलाई युएम पावरम्याक्स स्कुटर प्रदान गरिएको छ ।

बिजयी टिम आर्म्ड पुलिस फोर्स (ए पी एफ) ले १३ औं रेड बुल ढोरपाटन यु एम वोमेंस डबल लिग भलिबल टुर्नामेन्ट टाइटल शिवम न्यु डाइमण्ड एकेडेमी (एन डी ए ) लाई माघ २० गते भएको फाइनल लिग म्याचमा पराजित गरि हासिल गरेको हो ।

आइएमई अटोमोटिभ्स् प्रा.लि को ध्यान बिक्रि पछिको सेवामा मुख्यत् केन्द्रित रहेको छ, जस कारण हाल देश भरि आफ्नै शाखा कार्यालय, डिलर तथा अथोरैज्ड पार्ट्स नेटवर्क बाट ग्राहक लाई पार्ट्स र सर्विस सुबिधा सुचारु रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु