सिजी र मेजु मोबाइलको रिटेल भेटघाट कार्यक्रम पोखरामा



पोखरा । सिजी मोबाइल प्रालिले र सिजी मोबाइलको रिटेलरहरुबीचको रिटेल भेटघाट कार्यक्रम बिहीबार पोखरामा आयोजना गरेको छ । कार्यक्रममा पोखराका करिब ८० जना व्यवसायीहरु सहभागी भएको सिजी मोबाइलका मार्केटिङ अफिसर किशोर न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा कम्पनीका बिजनेश हेड रमेश श्रेष्ठले सिजी र मेजु मोबाइल नेपाली बजारमा लोकप्रिय रहेको बताए । चौधरी ग्रुपको आफ्नै उत्पादन सिजी मोबाइल र चीनमा उत्पादित मेजु मोबाइल पोखरा लगायत देशभरको बजारमा राम्रो बिक्री भइरहेको उनले जानकारी दिए ।

मेजु मोबाइललाई चौधरी ग्रुपले १ महिना अगाडि मात्रै नेपाल भित्र्याएको हो । मेजुका १३ हजार रुपैयाँदेखि ४७ हजार रुपैयाँसम्मका विभिन्न मोडेलका मोबाइल नेपाली बजारमा बिक्री भइरहेको उनले बताए । ‘युरोप लगायत संसारभर लोकप्रिय मेजु मोबाइल नेपालमा छोटो समयमा स्थापित भइसकेको छ,’ उनले भने ।

सिजी मोबाइल प्रालिले सोही अवसरमा मेजुको एम फाइभ सी मोबाइल सार्बजनिक गरेको छ । ३००० एमएएच व्याट्री, ८ र ५ मेगापिक्सल क्यामरा, २ जिबी ¥याम, १६ जिबी रोम, ५।५ इन्चको डिस्प्ले भएको यो मोबाइल धेरैको रोजाईमा पर्ने कम्पनीको विश्वास छ ।

मेजुकै एम फाइभ नोटको पनि बिक्री शुभारम्भ गरिएको छ । ५।५ इन्च डिस्प्लेमा उपलब्ध यो मोबाइलले सिडिएमए र जिएसएमलाई सपोर्ट गर्दछ । मोबाइलमा ४००० एमएएचको व्याट्री, ३ जिबी ¥याम र ३२ जीबीको आन्तरिक स्टोरेज रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु