फिफा वल्र्डकप २०१८ को ट्रफीको यात्रा



काठमाडौं । फिफा वल्र्डकप २०१८ ट्रफीको टुर सुरु भएको छ । विश्वकप २०१८ को संस्करण जुन १४ देखि रसियामा सुरु हुँदैछ ।

विश्वकप २०१८को ट्रफी टुर कोकाकोलाले आयोजना गर्दै आएको छ । यसको सुरुवात गत ९ सेप्टेम्बर २०१७ देखि रसियाको मस्को लुजिन्की स्टेडिएमबाट सुरु भएको थियो । यो ट्रफीलाई रसियन लिगको सुरुवातको अवसर पारेर फिफाका अध्यक्ष जियानी इन्फेन्टीनो र रियन राष्ट्रपति भ्लादिमर पुटिनले संयुक्तरुपमा गरेका थिए । यो ट्रफीलाई विश्वका ५४ देशमा भ्रमण गराईने छ । सन् २०१८को सुरुवातसँगै श्रीलंकाको कोलम्बो पुर्याइएको यो ट्रफी पाकिस्तान र चीनमा समेत पु¥याइने छ ।

२०१८ बल्र्डकप ट्रफी ५४ देशमा पुर्याइने छ । यसको सुरुवात श्रीलंकाबाट सुरु भएको हो । जनवरी २४ को दिन श्रीलंकाको साँग्रिला होटलमा राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सार्वजनिक गरेका थिए ।

सन् २००६ देखि कोकाकोलाले फिफासँग लामो सम्झौता गरेर जर्मनीमा भएको विश्वकप २००६ बाट सुरु गरेको थियो । त्यति बेला यो ट्रफीलाई ३ महिना भित्र विश्वका ३१ देशमा पु¥याइएको थियो ।

अहिलेसम्मकै धेरै देशमा भ्रमण गराईएको वल्र्डकप ट्रफी २०१४ ब्राजिल वल्र्डकपको हो । त्यतिबेला १० औं लाख फुटबलप्रेमिले यसलाई नजिकबाट नियाल्ने मौका पाएका थिए । त्यति बेला नेपाली फुटबलप्रेमीले समेत ट्रफीलाई प्रत्यक्ष देख्न अवसर पाएका थिए ।


क्लिकमान्डु