पल्सर डेयर भेन्चरको तेस्रो संस्करणको सम्पन्न



काठमाडौं। बजाज मोटरसाइकलको आधिकारिक बितरक, एचएच बजाजले प्रस्तुत गरेको बजाज पल्सर डेयर भेन्चर सम्पन्न भएको छ ।

कम्पनीले तेस्रो संस्करणको समापन कार्यक्रममा बजाज पल्सर डेयर भेन्चरका बिजेताहरुको घोषणा समेत गरेको छ ।

समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः अमित श्रेष्ठ ,पबिन कार्की र बिबिद जङ्ग थापालाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो ।

यस पटक तिन जना राइडर फाइनलमा पुग्न सफल भएका थिए । तिन जना राइडरहरुमा सुरेश मानन्धर , अमित श्रेष्ठ र पबिन काकी रहेका थिए ।

सहभागीहरु मध्ये बिजेता अमित श्रेष्ठले १० लाख रुपैयाँका साथमा पल्सर एनएस र सामसङ एस ८ प्लस, उपविजेता पबिन कार्कीले ५ लाख रुपैयाँका साथमा पल्सर एनएस र सामसङ एस ८ प्राप्त गरेका थिए भने तेस्रो बिजेता बिबिद जङ्ग थापाले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । अमित श्रेष्ठले सामसङ्ग अनइस्टपबल राइडर र गणेश मान श्रेष्ठले शिखर सेफ राइडरको ताज जितेका थिए ।

‘हामीले सबै जोशिला पल्सर राइडरहरुलाई मनाङ्गको खाङ्गसारसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । पल्सर बाइक जहिले पनि साहस, रोमान्चकता र चुनौतीसँग आबद्ध रहेको छ, आगामी बजाज पल्सर डेयर भेन्चर राइड हरेकको अपेक्षा भन्दा बढि हुनेमा हामी विश्वस्त रहेका छौं,’ एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने ।


क्लिकमान्डु