संसारका नाैं चर्चित महिलाः जसले बदले राजनीतिको कोर्ष




काठमाडौं । संसारमा केही यस्ता महिला छन्, जसले राजनीतिको गति र लयलाई समेत परिवर्तन गर्ने हिम्मत राख्छन् । त्यस्तै महिलामध्ये केही महिलाको बारेमा हामी तपाइलाई जानकारी दिदैछौं ।

फरक पृष्ठभूमिबाट राजनीतिमा आएका ती महिलाले आफ्नो क्षमता र योग्यतालाई सबल रुपमा प्रमाणित गर्न सकेका छन् । ती महिला यतिखेर संसारका लागि समेत अनुकरणीय बनेका छन् ।

१. एभा केली, ग्रीसः पूर्व टेलिभिजन प्रस्तोता एभा केली सन् २००९ मा ग्रीसको संसदमा निर्वाचित भइन् । उनले विभिन्न संसदीय समितिमा काम गरिन् र आफ्नो क्षमता प्रदर्शन गरिन् । उनले संस्कृति तथा शिक्षा समिति, रक्षा तथा वैदेशिक मामिला समिति र संसदका विशेष सदस्यका रुपमा विश्वव्यापी रुपमा आफ्नो भूमिकालाई प्रस्तुत गरिन् र उदयीमान राजनीतिज्ञको रुपमा आफूलाई परिचित गराएकी छिन् ।

२ .रानी रेना, जोर्डनः मध्यपूर्वका विविभन्न राजनीतिक एजेण्डामा विशेष चासो राख्ने र समस्या समाधानमा प्रमुख भूमिका निर्वाह गर्ने रानी रेना सो क्षेत्रकी उदाउदी नेताका रुपमा परिचित छिन् । विश्वप्रख्यात कम्पनी एप्पलमा काम गरेकी रानी मध्यपूर्वमा मुस्लिम महिलाले बुर्का लगाउनै पर्ने धार्मिक कट्टरताको विपक्षमा निरन्तर अभियान चलाइरहेकी छिन् । उनी जोर्डनका राजा अब्दुल्लाका पत्नी हुन् ।

३. युलिया तोमोस्नेको, युक्रेनः युलिया अल युक्रेनी युनियन पार्टीका नेतृ हुन् । जसको संसद्मा अहिले १९ सिट मात्रै छ । उनी युक्रेनको पहिलो महिला प्रधानमन्त्री हुन् । दुई कार्यकाल उनले प्रधानमन्त्री भएर देशलाई नेतृत्व प्रदान गरिन् । विश्व प्रसिद्ध फोब्र्स पत्रिकाले उनलाई विश्वका शक्तिशाली महिलाको सूचीमा सूचीकृत गरेको छ ।

४. मारिया कारफागना, इटालीः उनी पेशाले मोडल हुन् । स्थानीय इटालियन टेलिभिजनबाट उदाएकी मारिया राजनीतिमा पनि राम्ररी जमेकी छिन् । उनी हाल फोर्जा पार्टी इटालीको स्थायी समिति सदस्यको रुपमा कार्यरत छिन् र विश्वका आर्कषक राजनीतिक महिलामध्ये उनको नाम अग्रस्थानमा छ ।

५. सेथार्दा जिजा, लेवनानः लेस्वियन संसद्का रुपमा परिचित सेथार्दा लेवनानमा सिरियाली प्रभूत्वको विरोध गर्दै राजनीतिमा उदाएकी हुन् । पश्चिम अफ्रिाकाको व्यापारिक परिवारकी सदस्य उनी राजनीतिक रुपमा एक सबल महिला हुन् । उनले लेवनानलाई समृद्ध बनाउन महिला सक्षम छन् भन्ने नारा दिएकी छिन् ।

६. निकोली मिनिती, इटालीः पूर्व टेलिभिजन प्रस्तोता मिनितीलाई इटालीकी पूर्व प्रधानमन्त्री सिल्भियो बेलुस्केनीले स्थापित गराएका हुन् । उनले राजनीतिमा समानताको नारा दिएकी छिन् ।

७. एलिना काबेइभा, रुसियाः पूर्व जिम्न्यास्टिक खेलाडी एलिना रसियाकी सफल राजनीतिज्ञ हुन् । राष्ट्रिय सञ्चार समूहको अध्यक्ष रहेकी उनी रसियन युनाइटेड पार्टीकी शक्तिशाली नेतृसमेत रहेकी छिन् । ३२ वर्षीय उनी युवा माझ लोकप्रिय छिन् । रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनकी सहयोगी रहेकी उनी विश्वका शक्तिशाली महिला नेतृमध्ये एक हुन् । उनी सन् २००४ को ओलम्पिककी गोल्ड मेडलिस्ट समेत हुन् ।

८.लुसिना लिन, पेरुः विश्वका आर्कषक महिला राजनीतिज्ञ मध्ये एक हुन् लुसिना लिन । उप्रिस्टा पार्टीका तर्फबाट संसद सदस्य रहेकी उनी १४ वर्षको उमेरबाटै राजनीतिमा सक्रिय थिइन् । पेरुको नेतृत्व महिलाको हातमा भन्ने उनको नारा यतिबेला सो मुलुकमा लोकप्रिय मात्रै छैन, लाखौं युवाको आवाज समेत बनिरहेको छ ।

९. क्रिस्टिना फर्नाण्डेज, अर्जेन्टिनाः यस्तै अर्की चर्चित महिला नेतृ हुन् क्रिस्टिना फर्नाण्डेज । उनी सन् २००७ देखि सन् २०१५ सम्म सो मुलुकको राष्ट्रप्रमुख भएकी थिइन । उनी हाल समाजसेवामा सक्रिय छिन् । तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने उनले इच्छा व्यक्त गरेकी छिन् । एजेन्सीको सहयोगमा


क्लिकमान्डु