मर्सिडिजले ल्यायो फुल चार्जमा ६ सय किलोमिटर कुद्ने इलेक्ट्रिक कार



एजेन्सी । भारतको ग्रेटर नोयडामा सम्पन्न हुने अटो एक्सपो २०१८ मा अन्य कारका अतिरिक्त इलेक्ट्रिक कारहरुको प्रदर्शनी पनि भव्य हुने भएको छ ।

एक्सपोमा मर्सिडिज बेन्जको ईक्यू कन्सेप्ट कार आकर्षणको केन्द्र बन्ने अनुमान गरिएको छ । एक्सपो आगामी फेब्रुअरी ९ देखि १४ सम्म चल्दै छ ।

यसको मूख्य विशेषता भनेको एक पटक फूल चार्ज गर्दा ६ सय किलोमिटर सम्म चल्न सक्छ । यसको अधिकतम गति २ सय ५० किलोमिटर प्रतिघण्टा छ । यो एक प्रकारको एसयूभी हो ।

कारमा न्यू जेनेरेसन एमभी कन्सेप्ट अन्तर्गत निलो फ्ल्यास लाइट, रिफ्लेक्टिभ प्यानल र अल ह्विल ड्राइभ छ । यो ७० किलोवाट ब्याट्रीको सहयोगले चल्छ । यसको अघिल्लो र पछिल्लो भागमा दुई वटा इलेक्ट्रिक मोटर छन, जसले ४ सय पीएसको पावर र ७ सय एनएमको टर्क प्रदान गर्छ ।

यसमा भएको कम्बाइन्ड चार्जिङ सिष्टमका अनुसार चल्छ र आफै चार्ज हुन्छ । यसमा साइड मिररको सट्टामा ड्यासबोर्डमा भएको स्क्रिनबाटै चालकले अघि पछि वा यताउताको दृश्य देख्न सक्छन् । यो कार सन् २०२० सम्म विश्व बजारमा आउने अनुमान गरिएको छ ।


क्लिकमान्डु