पशुपति पेन्ट्सद्धारा ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेता घोषणा



काठमाडौं । पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ ।

कम्पनीले गोलाप्रथामार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नम्बर सार्वजनिक गरेको हो । कम्पनीले प्रेश विज्ञप्ति जारी गर्दै छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दिँदै कोड नम्बर सार्वजनिक गरेको छ ।

विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

गोलाप्रथा मार्फत कुपन नं. सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी, कुपन नं सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ ।

त्यसैगरी अन्य विजेताहरुले स्मार्टफोन आईप्याड, ल्यापटप, ट्याबलेट, सुन तथा चाँदी उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु