जस्मिन पेन्ट्सले मासिक योजनाको बिजेतालाई स्कुटर दियो



काठमाडौं । “जस्मिन पेन्ट्सको बहार बम्परमा कार उपहार” योजना अन्तर्गत प्रत्येक महिना एक जनालाई एक थान स्कुटर उपहार प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुरुप लक्कि ड्रमार्फत मंसिर महिनाको स्कुटर विजयी लेखनाथ–२८, कालिका निवासी रचना भुजेललाई प्रदान गरेको छ ।

कम्पनीले लेखनाथ महोत्सवमा एक बिशेष समारोह माझ कम्पनीका नेशनल सेल्स म्यानेजर रविन शर्मा भुसाल, एरिया सेल्स म्यानेजर चेतनारायण बस्याल, लेखनाथ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पुर्व अध्यक्ष बाबुराम गिरी, लेखनाथ हार्डवेयर्स एशोशियशनका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई, संस्थापक अध्यक्ष राजेन्द्र ओझा, महासचिव गोपीचन्द्र बास्तोला, सल्लाहाकार भरतकुमार अधिकारी लगायतले सामुहिक रुपमा बिजेतालाई स्कुटर प्रदान गरे ।

मनकामना गु्रप अन्र्तगतको प्रमुख उद्योग जस्मिन पेन्ट्सले भाद्र आश्विन र कात्तिक महिनाका उपहार विजेताहरु क्रमशः झापा निवासी अन्जु पौडेल, नवलपुर निवासी सन्त बहादुर थारु र बर्दघाट, नवलपरासी निवासी गोपाल दुवेलाई पनि स्कुटर प्रदान गरिसकेको छ साथै प्रत्येक दिन जस्मिन पेन्ट्स प्रयोग गर्ने घरधनिहरुलाई हात खालि नजाने उपहारहरु पनि कम्पनीले प्रदान गर्देआइरहेको जनाएको छ ।

 


क्लिकमान्डु