क्यान्सर विरुद्धको साइकल र्यालीमा जोडियो टिसिएल



काठमाडौं । विगत तीन वर्षदेखि भैरहेको क्यान्सर विरुद्धको जागरण साईकल र्याली अभियानमा टिसिएल स्मार्ट टेलिभिजन जोडिएको छ ।

विभिन्न सामाजिक कार्यक्रममा आफ्नो सहभागिता जनाउने क्रममा यसपालि पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर विरुद्धको अभियानमा सम्बन्ध गाँसेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा लक्की विजेतालाई ४३ इन्चको टिसिएल स्मार्ट टिभी उपहार स्वरुप हस्तान्तरण गर्ने तथा अन्य सहयोग गर्ने कम्पनीले जनाएको छ ।

जसमा मोबाईलको स्क्रिनलाई टि.भीमा हेर्न सकिने छ । साथै २ जि.बी. इन्टरनल मेमोरि र एन्ड्रोईडको विभिन्न एप, युट्युब, फेसबुक सजिलै चलाउन सकिने कम्पनीले जनकारी दिएको छ ।

टिसिएल टिभीका लागि नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।


क्लिकमान्डु