ग्वार्कोमा यामाहा शोरुम संचालनमा



काठमाडौं । यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम सुरु गरेको छ । सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेसनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरेकी छिन् ।

ललितपुर जिल्लमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गरी नयाँ सोरुम स्थापना गरिएको कम्पनीले जानकारी दिएको छ ।

‘यामाहाले आफूलाई नेपालकै सबैभन्दा बढी विश्वासिलो मोटरसाइकल ब्रान्डका रुपमा स्थापित गरिसकेको छ । हामीसँग फरक पृष्ठभूमिका राइडरहरुकालाई मिल्ने फरक फरक प्रकारका मोडलहरु उपलब्ध छन्,’ भने ।

उहाँले निकट भविष्यमा नयाँ सोरुमबाट सर्भिसको सुविधा पनि थाल्ने जानकारी गराउनु भयो । रिसिक अटोमोबाइल्सको पहिलो सोरुम ललितपुरको कुमारीपाटीमा अवस्थित छ जहाँबाट ग्राहकले विश्वसस्तरीय ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर्स)को सुविधा पाइरहेका छन् ।

साथै, डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको छ ।


क्लिकमान्डु