अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपर नेपालमा भित्रियो



काठमाडौं । आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको “क्याप्टेन” टिपर भित्राएको छ ।

एक कार्यक्रम गरेर आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकको प्रेसिडेन्ट अनुजकथुरियाको उपस्थितीमा “क्याप्टेन” लाई सार्वजनिक गरेको हो ।

अशोक लेलैंड को मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु जसमा उच्चमाइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दाकम टीप समय रहेको कम्पनीले जनाएको छ ।

भारतमा सन् २०१४मा लन्च भएको क्याप्टेन सिरिजका ट्रकहरु तथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन् ।
हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ ।


क्लिकमान्डु