एलजीले डिलरलाई थाइल्याण्ड घुमायो



काठमाडौं । एलजी कम्पनीले आफ्ना ४५ डिलरहरुलाई ५ दिने थाइल्याण्ड भ्रमण गराएको छ । कम्पनीले यस बर्षको दशैं तिहारको उपलक्ष्यमा दिएको लक्ष्य पुरा गरे बापत डिलरहरुलाई थाइल्याण्ड भ्रमण गराएको हो ।

कम्पनीले ‘इन्जोए एण्ड ह्याव अ ग्रेट ट्रिप टु थाइल्याण्ड २०१८’ नाराका साथ डिलरहरुलाई भ्रमणमा लगेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी प्रत्यक बर्ष डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नका साथसाथै ब्राण्डको प्रबद्र्धन गरे बापत विदेश भ्रमणको प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु