वायु सेवा संचालकको अध्यक्षमा पवित्र कुमार कार्की पुनःनिर्वाचित



काठमाडौं । वायु सेवा संचालक संघ नेपालले पवित्र कुमार कार्की (एयर डाइनाष्टी) को अध्यक्ष्यतामा ११ सदस्सीय नयाँ कार्य समिती सर्व सम्मत रुपमा निर्वाचित गरेको छ ।

१७ औं बार्षिक साधारण सभाले आगामी दुईबर्षका लागि पूनः पवित्र कुमार कार्की (एयर डाइनाष्टी) लाई चयन गरेको हो ।

नयाँ कार्य समितीमा उपाध्यक्ष राजेन्द्र बहादुर सिंह (सीता एयर), द्धितिय उपाध्यक्ष मनोज रिमाल (यती एयरलाइन्स/तारा एयर), महासचिव मनोज कार्की (समिट एयर), सचिव राजु न्यौपाने (मनाङ्ग एयर), कोषाध्यक्ष रुपेश जोशी (बुद्ध एयर), सदस्यहरुमा गोपाल प्रसाद भट्टराई (सौर्य एयरलाइन्स), राजेन्द्र शाक्य (सिम्रिक एयरलाइन्स), क्या.दिपक ज.व.रा. (फिस्टेल एयर), प्रेम कुमार थापा (सिम्रिक एयर), विरेन्द्रराज श्रेष्ठ (हेलि एभरेष्ट) रहेका छन् ।

नेपालको हवाई क्षेत्रमा देखा परेका समस्याहरुको पहिचान गरि आपसी सल्लाह र समझदारीबाट समाधान गर्न सहयोग गर्ने सुरक्षित, नियमित, सुविधायुक्त, सुलभ र गुणात्मक सेवा उपलब्ध गराई देशको आर्थिक समृद्धिका साथै मुलुकको पर्यटन विकासमा संघले प्रभावकारी भुमिका निर्वाह गरेको अध्यक्ष कार्कीले बताए ।

कार्यक्रमका नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजिव गौतमले नागरिक उड्यनका क्षेत्रमा देखा परेको हालका समस्या र चुनौतीलाई हल गर्न प्राधिकरण लागी परेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अतिथी दिपकराज जोशीले मुलुकको पर्यटन विकासको क्षेत्रका वायुसेवा संचालकहरुले निर्वाह गरेको भुमिकाको बारेमा आफ्नो धारणा राखेका थिए ।


क्लिकमान्डु