नेपाली बजारमा प्रतिस्पर्धा गर्न थप ९ भारतीय सिमेन्ट आउँदै




काठमाडौं । नेपाल सिमेन्टमा निर्भर हुने क्रममा रहेको भनिरहेका बेला भारतका विभिन्न उद्योगबाट उत्पादिन सिमेन्टहरु एनएस चिन्ह लिएर नेपालमा विक्रीका लागि आउने तयारीमा रहेका छन् ।

गुणस्तर तथा नापतौल विभागले दिएको जानकारी अनुसार भारतका ९ ब्रान्डका सिमेन्ट एनएस चिन्ह लिएर नेपाली बजारमा आउने प्रक्रियामा रहेका छन् ।

भारतको आधुनिक सिमेन्ट, क्यालकम सिमेन्ट, विरला कर्पाेरेसन, सपना सिमेन्ट, डाल्मिया सिमेन्ट, भारती सिमेन्ट, एसीसी सिमेन्ट, सिद्धी सिमेन्ट तथा गणपती लगायतका सिमेन्टहरु एनएस चिन्ह लिनको लागि प्रक्रियामा रहेको नेपाल गुणस्तर तथा नापतौल विभागका प्राविधिक अधिकृत शुक्रराज अधिकारीले जानकारी दिए ।

यस्तै नेपालमा उत्पादन हुन लागेका केपी ब्राण्डको पिएससी सिमेन्ट, अन्नपूर्ण सिमेन्ट र धादिङको मंगला सिमेन्ट एनएस चिन्ह लिने प्रक्रियामा रहेको अधिकारीले जानकारी दिएका छन् ।

नेपालमा कुनै पनि सिमेन्ट विक्री वितरणमा ल्याउनु अघि अनिवार्य रुपमा एनएस चिन्ह लिनु पर्ने व्यवस्था भएकाले उक्त सिमेनटहरु एनएसको प्रक्रियामा रहेका हुन् ।

सिमेन्टमा एनएस प्राप्त गर्नको लागि सुरुमा विक्री गर्ने सिमेन्टको गुणस्तर म्यानुअल, उत्पादन प्रक्रिया, कच्चा पदार्थ र टेस्टिङ जस्ता सामाग्रीको कागजातहरु विभागमा बुझाउनु पर्ने हुन्छ । कागजात बुभाएको १५ दिनभित्र सबै कागजात सही भए गुणस्तर विभागले स्थलगत निरीक्षण तथा अन्य आवश्यक जाच पड्तालपछि यस्तो चिन्ह दिने गर्छ ।

पछिल्लो समय नेपालमा भारतीय ८ वटा उद्योगका सिमेन्टहरु एनएस चिन्हसहित विक्री वितरण भैरहेका छन् ।


क्लिकमान्डु