भूकम्पको सयममा किनेको जस्ता पाता बेच्दै साल्ट ट्रेडिङ



काठमाडौं । भूकम्पको समयमा वितरण गर्न खरिद गरिएको जस्ता पाता सरकारले तीनवर्षपछि बिक्री गर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड तत्कालिन समयमा खरिद गरेको ५० हजार पाता जस्ता बिक्री गर्न लागेको हो ।

तत्कालिन मन्त्रिपरिषद् बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सावैजनिक भवनहरुका लागि जस्ता पाता प्रर्याप्त मात्रामा मौज्दात राख्न निर्देशन भए बमोजिम खरिद गरिएको थियो ।

उक्त स्टक जस्ता पाता वितरण नभएपछि बिक्रीगर्न टेन्डर आहवन गरिएको हो । खरिद गर्न चाहने व्याक्ति वा संस्थाले कम्तीमा एक वन्डल खरिद गर्नका लागि सूचना आह्वान गरिएको छ । कर्पोरेशनले ३० दिन भित्र निवदेन दिन समेत सूचना प्रकाशन गरेको हो ।


क्लिकमान्डु