सन् २०१७ का उत्कृष्ट सेवा दिने १० विमानस्थल



काठमाडौं । सन् २०१७ मा विश्वभरका विमानस्थलमा गरिएको सर्वेक्षणबाट १० वटा विमानस्थललाई उत्कृष्ट घोषणा गरिएको छ ।

‘वल्ड एयरपोर्ट अवार्ड २०१७’ बाट विश्वका १० वटा विमानस्थललाई पुरस्कृतसमेत गरिएको छ । हवाई यात्रुको भोट आधारमा उत्कृष्ट एयरपोर्ट घोषणा गरिएको हो ।

विश्वका ५ सय ५० विमानस्थलमा यात्रुहरुको लागि फारम भरेर सर्वे गरिएको थियो । यात्रुको उत्तर अनुसार सन् २०१७ मा १० वटा विमानस्थललाई अवार्ड दिइएको हो । जसमा १३ करोड ८० लाख यात्रुले सहभागिता जनाएका थिए । जसलाई ‘द स्काईट्रक्स वल्ड अवार्ड २०१७’ नाम दिइएको छ ।

सिंगापुर चंगी विमानस्थल : सिंगापुरको चंगी विमानस्थल पहिलो नम्बरमा परेको छ । विश्वभरका २ सय गन्तव्यबाट उक्त विमानस्थलमा उडान/अवतरण गर्ने गरेका छन् । एकसातामा ८० वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्ने उक्त विमानस्थलमा ५ हजार उडान/अवतरण एक सातामा हुने गरेको छ ।

टोकियो अन्तर्राष्ट्रिय विमानस्थल हानेदा : हानेदा विमानस्थलमा अन्तर्राष्ट्रिय र आन्तरिक दुवै टर्मिनल रहेका छन् । विश्वका पर्यटक हवको रुपमा रहेको उक्त विमानस्थल हवाई यात्रुको दोस्रो छनोटमा परेको छ ।

 

इनसिओन अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण कोरिया : इनसिओन विमानस्थल विश्वका ठूला विमानस्थलको सूचीमा रहेको छ । सन् २०१७ मा हवाई यात्रुको भोटिङबाट तेस्रो नम्बरमा परेको छ ।

म्युनिक विमानस्थल : जर्मनीमा रहेको म्युनिक विमानस्थल लुफ्थान्सा एयरलाइन्सको हव हो । विश्वभर संजाल रहेको उक्त विमानस्थलमा १ सय ५० वटा रिटेल स्टोर रहेको छ । ५० वटा रेष्टुराँ रहेका छन् । सन् २०१७ मा चौथो नम्बरमा म्युनिक विमानस्थल परेको छ ।

हङकंङ अन्तर्राष्ट्रिय विमानस्थल : हङकङ अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१७ मा पाचौमा परेको छ । १ सय भन्दा बढी एयरलाइन्सले उडान भर्ने उक्त विमानस्थलमा विश्वभरका १ सय ८० गन्तव्यबाट एयरलाइन्सले उडान गर्ने गरेका छन् ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहा : विश्वकै हव विमानस्थलको रुपमा विकास हुदैं गएको दोहा विमानस्थल सन् २०१७ मा यात्रुहरुको छनोटमा छैटौमा परेको छ । कतारको राजधानी दोहामा रहेको उक्त विमानस्थलमा ३० करोड हवाई यात्रुहरुले सेवा लिने गरेका छन् ।

सेन्ट्रल जापान अन्तर्राष्ट्रिय विमानस्थल : सेन्ट्रल विमानस्थल सन् २०१७ मा सातौमा परेको छ । उक्त विमानस्थलमा बार्षिक ९ करोड ८० लाख हवाई यात्रुहरुको सेवा लिने गरेका छन् ।

ज्युरिक विमानस्थल : स्विजरल्यान्डको सवैभन्दा ठूलो विमानस्थल सन् २०१७ मा यात्रुहरुले छनोटमा आठौमा परेको छ ।

लन्डन हेर्थो विमानस्थल : लन्डनमा रहेको हेर्थो विमानस्थल विजननेश एयरपोर्टको रुपमा रहेको छ । युरोपियपन यात्रुहरुले विशेष चाप रहेने उक्त विमानस्थल सन् २०१७ मा यात्रुको छनोटमा नवौमा परेको छ ।

फ्रयांकफ्रट विमानस्थल : जर्मनीमा रहेको फ्रयांकफ्रट विमानस्थल सन् २०१७ मा यात्रुको छनोटमा दशौं नम्बरमा परेको छ । उक्त विमानस्थलबाट युरोपका सवैदेशहरुमा सिधै उडान हुने गरेको छ । भने विश्वका ठूला विमानस्थलबाट १ सय भन्दा बढी एयरलाइन्सहरुले उडान भर्ने गरेका छन् ।


क्लिकमान्डु