१३औं इलोक्ट्रोमा एक्स्पो मार्च १४ देखि भारतको नयाँ दिल्लीमा हुने



काठमाडौं । भारतको नयाँ दिल्लीमा मार्च १० देखि १४ गतेसम्म १३औं इमा इलोक्ट्रोमा एक्स्पो आयोजना हुने भएको छ । इमाको विद्युतीय उपकरणको बारेमा बिक्रेता तथा उपभोक्तालाई जानकारी दिनका लागि मार्च १० देखि १४ गतेसम्म एक्स्पो आयोजना गर्न लागिएको बिहीबार आयोजित एक कार्यक्रम मार्फत आयोजकले जानकारी दिए ।

विद्युतीय उपकरण उत्पादक र खरिद कर्तालाई एउटै मञ्चमा उभ्याउनका लागि मेलाको आयोजना गरिन लागिएको आयोजक इण्डियन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक एशोशिएस (इमा)का उपाध्यक्ष हरिस अग्रवालले बताए ।

मेलामा ११ सयभन्दा धेरै स्टलबाट इमाको उत्पादन तथा सर्भिसको बारेमा जानकारी हासिल गर्न सकिन्छ । एक सय भन्दा धेरै देशका दुई लाख ५० हजार मानिसले मेलाको अवलोकन गर्ने आयोजकको जानकारी दिएको छ ।

५ दिनसम्म संचालन हुने मेलामा पावर स्टल, रेलवे स्टललगायतका विद्युतिय उपकरण तथा विद्युतिय सामग्री प्रमुख आर्कषणको रुपमा रहने छ ।

भारतीय बजारमा इमाको विद्युतिय उपकरणले ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको इमाका अध्यक्ष सिद्धार्थ भुटोरीयाले बताए । सन् २०१७ मा इमाले ४२ विलियन अमेरिकी डलर बराबरको विद्युतीय उपकरण विक्री गर्न सफल भएको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा भनेको आपूर्ती र माग मात्र नभएको बताएका छन् ।

‘उर्जा खपतका लागि उपकरणको भूमिका एकदमै महत्वपूर्ण हुन्छ, उर्जाको वृद्धिसँग उपकरणको माग पनि बढ्दै जान्छ,’ घिसिङले भने । अहिलको समय भनेको स्मार्ट उपकरणको समय हो । विद्युतीय उपकरणहरु पनि स्मार्ट हुनुपर्नेमा उनले जोड दिए ।

स्मार्ट उपकरणको विकास गर्न सकेको खण्डमा मानिसले उपकरणको सहयोगमा एक ठाउँबाट अर्को ठाउँमा उर्जा सजिलै लान सकिने उनी बताउँछन् ।

काउन्सलर कर्मश भारतीय दुतावास, काठमाडौंका श्री एन रामप्रसादले अहिलेको समय उर्जाको भएको बताएका छन् ।

मानिसका हरेका गतिविधि विद्युतिय माध्यमको सहयोगका कारण सहज बन्न पुगेको उनले बताए ।


क्लिकमान्डु