युनाइटेड सिमेन्टद्धारा धुनिबेसी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण



काठमाण्डौं । केएल दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्टले धुनिबेशी नगरपालिकामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाका स्थानीयबासीलाई सहयोग पुर्याउने उद्देश्यले बुधबार एक कार्यक्रम आयोजना गरि धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

साथै सोही कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद १ लाख १ हजार रुपैयाँ पनि हस्तान्तरण गरेको छ ।

‘समयमै उपचार प्राप्त गर्नु सबैको अधिकार हो, राजधानीको नजिक भएतापनि यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको छ,’ हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले भने ।

सिमेन्ट्सको सहयोग स्वागत योग्य रहेको डा. भट्ट तथा स्थानियबासिको भनाई रहेको छ । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिबद्घता व्यक्त गरे ।


क्लिकमान्डु