माछापुछ्रे बैंकद्धारा कम्बल बितरण



काठमाडौं । माछापुछ्रे बैंकले महोत्तरीका शितलर पीडितलाई कम्बल बितरण गरेको छ । बैंकले बर्दिबास नगरपाकिा वडा नम्बर ३ स्थित गौरीबासका शितलहर पीडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको हो ।

बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका हुन् ।

बैंकको ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७९ स्थानवाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै, बंैकको ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।


क्लिकमान्डु