६५ वर्ष उमेर पुगेपछि बृद्धभत्ता दिने सरकारको निर्णय



काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई बृद्धभत्ता दिने निर्णय गरेको छ ।

अहिले ७० वर्ष उमेर पुगेपछि बृद्धभत्ता दिने गरिएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ५ वर्ष उमेर घटाउदै ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई पनि बृद्धभत्ता दिने निर्णय गरेको हो ।

नेपालमा बृद्धभत्ता दिने निर्णय पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले गरेका थिए । देउवा सरकारले ६५ वर्षको उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो ।

यस्तै सरकारले भूकम्प तथा बाढी पीडितको लागि दिने अनुदान रकम १ लाख रुपैयाँले बढाउने निर्णय गरेको छ । यसअघि भूकम्प पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।


क्लिकमान्डु