सस्ता र साना ह्याचब्याक कारमा ४ ब्राण्डको प्रतिस्पर्धा, तपाईको रोजाईमा कुन ?



काठमाडौं । पछिल्ला दिनमा नेपाली बजारमा ह्याचव्याक कारमा निकै आर्कषण बढेको छ । पहिलो पटक कार खरिदगर्ने ग्राहकको लागि प्रायः सबै कम्पनीले ह्याचव्याक कारहरु इन्ट्री लेवलको रुपमा बजारमा ल्याएका छन् ।

अत्यन्त कम स्थानमा पाकिङ गर्न सकिने यस्ता कारहरु १५ लाखदेखि २० लाख रुपैयाँसम्ममा बजारमा उपलव्ध रहेका छन् । नेपाली बजारमा ४ ब्राण्डका ह्याचव्याक कारहरु बिभिन्न अप्सनमा उपलव्ध रहेका छन् ।

हुण्डाई, मारुति, डाट्सन र रेनोका कारहरु इन्ट्रिलेवलमा प्रतिस्पर्धामा रहेका छन् । हुण्डाईको इओन, मारुतिको अल्टो, डाट्सनको रेडी गो र रेनो क्वीड सस्ता कारमा प्रतिस्प्रर्धामा रहेका छन् ।

बैंकहरुको समेत अटो लोनमा निकै आर्कषण रहेको पाईन्छ । उनिहरुले ३५ प्रतिशत डाउन पेमेन्ट लिएर अन्य रकम लोनको रुपमा लिन सक्ने छन् । करिब ६ लाखसम्म नगद खर्चिँदा ग्राहकले कार किन्न सक्ने छन् ।

पछिल्ला दिनहरुमा एसियाली कार निर्माता कम्पनीहरुले मध्यमवर्गका ग्राहकलाई लक्षित गरी साना गाडी बजारमा ल्याउने क्रम जारी राखेका छन् । युरोपीयन कार निर्माताहरुले समेत भारतमा प्लान्ट लगाएर एसियाली बजार लक्षित कारहरु निर्माण गर्दै आएका छन् ।

नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ भने, सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या बाक्लो देखिन थालेको छ ।

हुण्डाईको इओन
इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । सस्तो मूल्यमा उत्कृष्ट डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कार १.० लिटर इन्जिनमा उपलव्ध छ । ४ कलर र २ भेरियन्टमा इओन उपलब्ध योकार ८ सय १४ सीसी क्षमताको कार हो । यसको मूल्य १६ लाख देखि १८ लाख रुपैयाँसम्म पर्छ ।

मारुती सुजुकीको अल्टो
इन्ट्री लेभलको अल्टो मारुती सुजुकीको उत्पादन हो । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ कलरमा उपलब्ध रहेको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ । नेपाली बजारमा अल्टोको मूल्य १५ लाख ४९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख १९ हजार रुपैयाँसम्म पर्छ ।

डाटसन रेडी गो
नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँमै खरिद गर्न सकिने डाटसनको ‘रेडी गो’ लोकप्रिय हुदैं गएको छ । १ हजार सिसीको इञ्जिन रहेको रेडी गो पनि १९ लाख ७५ हजारमा किन्न सकिन्छ । रेडीगोको टप भेरियन्ट किन्न भने २० लाख २५ हजार खर्चिनुपर्छ ।

रेनो क्वीड
फ्रान्सेली कार निर्माता कम्पनी रेनो को भारतीय उत्पादन ‘रेनो क्वीड’ इन्ट्री लेभलको ८ सय र १ हजार सिसीमा उपलब्ध ह्याचब्याक कार हो । रेनोले आफ्नो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्ने प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षक बनाएको छ । रेनो क्वीडको न्युनतम् मूल्य १९ लाख ८७ हजार ९ सय रुपैयाँ छ । टप भेरियन्टलाई २३ लाख ५२ हजार रुपैयाँ पर्छ ।


क्लिकमान्डु