वीरगञ्ज भन्सारले ६ महिनामा ५९ अर्ब राजश्व उठायो



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४/७५ को पछिल्लो छ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

इन्धन र सवारी साधनबाट मात्र २९ अर्ब ७४ करोड ३१ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।

चालु आवको पुस मसान्तसम्म वीरगञ्ज भन्सार कार्यालयले कुल राजश्वको आधाभन्दा बढी इन्धन र नयाँ सवारी साधनबाट उठाएको छ ।

कार्यालयले छ महिनामा मात्रै भारतबाट नेपाल भित्रिएका सवारी साधनबाट २१ अर्ब ७९ करोड रुपैयाँ र इन्धनबाट सात अर्ब ९५ करोड १९ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

गत पुस मसान्तसम्म भारतबाट वीरगञ्ज भन्सार नाका भएर १८ अर्ब ७४ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन नेपाल भित्रिएको थियो ।

चालु आवको छ महिनाको अवधिमा भारतबाट ३५ अर्ब १० करोड ४५ लाख ९१ हजार रुपैयाँको इन्धन, १६ अर्ब ८३ करोड १८ लाख रुपैयाँको डिजेल, ६ अर्ब ५१ करोड ८९ लाख ३१ हजार रुपैयाँको पेट्रोल, चार अर्ब ३० करोड ४८ लाख ५० हजार रुपैयाँको हवाई इन्धन, ३१ करोड ८१ लाख ७९ हजार रुपैयाँको मट्टितेल तथा सात अर्ब १३ करोड सात लाख ७१ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ ।


क्लिकमान्डु