नबिल फाउण्डेसनद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण




काठमाडौं । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बाटुलेचौरको गोकर्णेश्वर स्थित श्री राम जानकी आधारभूत विद्यालयका कक्षा ८ सम्मका छात्रछात्राहरुलाई ब्याग तथा सिसा कलम बितरण गरेको छ ।

नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा संचालक माधव प्रसाद रेग्मीले सरस्वती पूजाको दिन सो सामाग्री विद्यालयका छात्रछात्राहरुलाई बितरण गरेका हुन् । सो कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालको पनि उपस्थिति थियो ।

विद्यालय परिवारले छात्रछात्राहरुलाई सहयोग स्वरुप उपलब्ध भएका सर सामानका लागि फाउण्डेसन परिवारलाई धन्यवाद प्रदान गरेको थियो । सोही अवसरमा फाउण्डेसनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवालले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएको खुसी समेत ब्यक्त गरे ।


क्लिकमान्डु