सिटिजन्सद्वारा महोत्तरीमा ४२६ थान कम्बल वितरण




काठमाडौं । सिटिजन्स बैंकले महोत्तरी जिल्लामा ४ सय २६ थान कम्बल वितरण गरेको छ । बैंकले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकाकामा बसोबास गर्ने मुसहर जातीलाई कम्बल वितरण गरेको हो ।

बैंकले गौशाला नगरपालिकामा २ सय २४ थान र औरही नगरपालिकामा २ सय २ थान कम्बल वितरण गरेको जानकारी दिएको छ । सो नगरापकिलाकामा बासोबास गर्ने मुसहर, असक्त, विधवा, साधु, सन्तहरुलाई कम्बल वितरण गरिएको छ ।

कम्बल हस्तान्तरण समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ ,गौशाला नगरपालिकामा वडा नम्बर ५का अध्यक्ष धर्बेन्द्र साह ,वडा नम्बर ४का वडा अध्यक्ष रामबाबु साह र औरहीनगरपालिकावडा नम्बर १का अध्यक्ष राजकिशोर चौधरीर वडा नम्बर २ का अध्यक्ष बिनोद पजियारको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु