मोःमोत्सवमा सेलिब्रेटीसँग भेट्ने मौका



काठमाडौं । कोका–कोला मोः मोत्सवले यस वर्र्ष सेलिब्रेटीसँग भेट्ने मौका प्रधान गर्ने भएको छ ।

कोका–कोलाले नेपालका प्रमुख रेष्टुरेन्टहरुका चेन तथा भोजनालयहरुसँगको सहकार्यमा तेस्रो ‘कोका–कोला मोःमोत्सव’मा सेलिब्रेटीसँग भेट्ने मौका प्रधान गर्न लागेको हो ।

यस महोत्सवमा साहभागी रहेका चर्चित कलाकार तथा खानाका पारखी नायिका प्रियंका कार्कीका साथै स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् । उपत्यका बाहिर पोखरा र भरतपुरमा समेत उनिहरुको उपस्थिति रहनेछ । यस उत्सवमा सहभागिता जनाउने उपभोक्ताले नयाँ अनुभव हाँसिल गर्न सक्नेछन् । यो उत्सवलाई रंगिन र शानदार बनाउन सहभागि कलाकारहरुले आस्र्चयजनक रुपमा विभिन्न कलेजहरुमा समेत भ्रमण गर्न सक्नेछन् । यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको छ ।

यो उत्समा सहभागी हुनका लागि कोका–कोला र मःमसंग आफ्नो सेल्फि खिचि ‘#cokeandmomo2018’ का साथ @CocaColaNepal ट्याग गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हफ्ता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।

यस अभियान अन्र्तगत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् ।
कोकको स्वादसँगै आफुलाई मनपरेको बिभिन्न मःमको परिकार खाएको देख्दा निकै उत्साहित हुन्छु ।

मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।


क्लिकमान्डु