२ लाख ५० हजार नेपाली जसले ट्रायल पास गरे लाइसेन्स पाएनन्



काठमाडौं । सरकारको अकर्मण्यताका कारण सवारी चालक परीक्षा (ट्रायल) पास गरेका अढाई लाख नेपालीले चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छ्रैनन् ।

लाइसेन्स नपाउनेको संख्या २ लाख ५० हजारभन्दा धेरै पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । नियामक निकायहरुले समयमा नै निर्णय नगर्दा सेवाग्राहीले समस्या भोग्नु परेको हो ।

देशभर हाल स्मार्ट लाइसेन्सको माग (नयाँ, नवीकरण र नेपालीकरणसमेत) दैनिक करिब ५ हजार छ । स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने निकाय यातायात व्यवस्था विभागसँग दैनिक ८ सय कार्ड प्रिन्ट गर्ने क्षमता छ । त्यसो त विभागसँग माग अनुसार प्रिन्ट गरेर दिनसक्ने कार्ड पनि मौज्दात छैन ।

सरकारले २०७२ मंसिरदेखि बागमती अञ्चालबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । गत साउनदेखि स्मार्ट लाइसेन्स वितरण देशैभर पु¥याए पनि ट्रायल पास गरेको ९\१० महिनाभन्दा लामो समयसम्म लाइसेन्स पाउन नसकिने अवस्था आएको छ ।

कर्णाली अञ्चलबाहेक सवै कार्यालय र काठमाडौंमा थपिएको ३ वटा कार्यालय गरी १६ वटा कार्यालयबाट स्मार्ट लाइसेन्स वितरण गरिन्छ । तर, विभागसँग न स्मार्ट लाइसेन्सको स्टक छ न प्रिन्टिङ मेसिन नै छ ।

विभागले एसियाली विकास बैंकसँग थप १ लाक खाली स्मार्टकार्ड मगाएको छ जुन भन्सारमा आइपुगेको जनाएको छ । त्यस्तै सरकारी निर्णय अनुसार विभाग आफैंले टेण्डर गरेकोमध्ये ३ लाख ५० हजार कार्ड १ महिनाभन्दा कम समयमा आइपुग्ने विभागको भनाई छ ।


क्लिकमान्डु