नाडाले प्रहरीलाई मोटरसाइकल दियो



काठमाडौं । नेश्नल अटोमोबाइल डिलरर्स एसोसिएशन (नाडा)ले महानगरिय प्रहरी बृत सिंहदरबारलाई यूएम कमाण्डो २३० सीसीको मोटरसाइलको साँचो हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नाडाका अध्यक्ष अन्जन श्रेष्ठले महानगरिय प्रहरी बृत सिंहदरबारका प्रहरी उपरिक्षक रामदत्त जोशीलाई साँचो हस्तान्तरण गरेको हो ।

नाडाबाट प्रत्येक बर्ष प्रदर्शनीमार्ग, भृकृटी मण्डपमा आयोजना हुँदै आएको नाडा आटो शोको शान्ति, सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायतको विषयहरुमा प्रहरीले खेलेको भुमिकालाई आभार व्यक्त गर्दै मोटरसाइलक प्रधान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु