यी हुन् काठमाडौंका सुविधासम्पन्न होटलहरु जहाँ वर्षभरी पर्यटकले भरिन्छन्



काठमाडौं । काठमाडौंमा दर्जनौ होटल तथा रिसोर्टहरु पर्यटकलाई केन्द्रित गरी विगत लामो समय देखि खुल्दै आएका छन् । पछिल्लो समय पनि ठूलो संख्यामा होटल तथा रिसोर्टहरु खुल्नेक्रम जारी रहेको छ ।

पछिल्लो अध्ययनले काठमाडौंंका ठूला होटल तथा रिसोर्टमा पर्यटक सदाबहार भरिभराऊ हुने गरेका छन् । विदेशी पर्यटकहरुको सवैभन्दा पहिलो रोजाई हुने गरेका होटलहरुमा १ सय डलर भन्दा बढी प्रतिरात रुमको पैसा तिर्ने गरेका छन् ।

प्रायः नेपालमा ३० डलर देखि ३ सय डलरसम्म प्रतिरात पर्यटकहरुले तिर्नुपर्ने हुन्छ । काठमाडौंमा यी होटलहरु जसलाई कहिलै पाहुनाको समस्या हुँदैन ।

काठमाडौं मात्रै पाँच तारे होटलहरु होटल सोल्टी क्राउन प्लाजा, हायत रिजेन्सी, र्याडिसन होटल, अन्नपूर्ण होटल, सांग्रिला, होटल याक एन्ड यति रहेका छन् । त्यस्तैगरी सुविधासम्पन्न होटल तथा रिसोर्टहरुमा गोकण फरेष्ट रिसोर्ट, पार्क भिलेज, काठमाडौं गेष्ट हाउस लगायत अन्य दर्जनौ भन्दा रिसोर्ट तथा होटलहरु रहेका छन् । पछिल्लो समय ट्रिप एड्भाइजरीले काठमाडौंका सुविधा सम्पन्न होटलहरुको सूची सार्वजनिक गरेको छ ।

यी हुन् काठमाडौंका सुविधासम्पन्न होटलहरु :

गोकर्ण फरेष्ट रिसोर्ट

गोकर्ण फरेष्ट रिसोर्ट सुविधासम्पन्न होटलहरुको सूचीमा रहेको छ । धेरै क्षेत्रफलमा फैलिएको उक्त होटल विगतमा राजहरुले निजी हन्टीङ क्षेत्रको रुपमा विकास गरेका थिए । रिसोर्टमा १ सय डलर देखि ३ सय डलरसम्मका रुमहरु रहेका छन् । विश्वका पर्यटकको विशेष रोजाई हुने रिसोर्ट अधिकांस समय भरिभराऊ हुने गरेको छ ।

होटल अन्नपूर्ण


पाँच तारे होटलमा सूचीकृत दरबारमार्गमा रहेको होटल अन्नपूर्ण सुविधासम्पन्न होटलको सूचीमा ट्रिप एड्भाइजरीले राख्दै आएको छ । होटलले होलिडे ट्राभल प्याकेजलाई बढी भन्दा बढी बिक्री गर्दै आएको छ । होटलमा ७० डलर देखि १ सय ५० डलरसम्मका रुमहरु रहेका छन् । जहाँ युरोपियन, अमेरिकन सहित भारतीय र चिनियाँ पर्यटकहरुको पनि रोजाई हुने गरेको छ ।

होटल ग्रान्ड
होटल ग्रान्ड चार तारे होटलमा सुचिकृत होटल हो । काठमाडौंको ताहाचलमा रहेको उक्त होटल विगत लामो समय देखि चर्चामा रहेको होटल हो । पर्यटकको लागि काठमाडौंका रोजाईमा पर्ने मध्ये ग्रान्ड पनि अग्रस्थानमा रहेको छ । होटलमा ५० डलर देखि १ सय २० डलरसम्मका रुमहरु रहेका छन् ।

होटल हिमालय
ललितपुरमा रहेको होटल हिमालय पनि चार तारे होटलमा सूचीकृत सुविधासम्पन्न होटल हो । जहाँ त्रिभुवन विमानस्थलबाट ८ किलोमिटर दूरीमा रहेको उक्त होटल शहिद शुक्रराजा मार्ग छेऊमा रहेको छ । हिमायल रेन्ज समेत देख्न सकिने स्थानमा रहेको होटल वर्षभरीनै पाहुनाले भरिने गरेको छ ।

ह्यात रिजेन्सी होटल
पाँच तारे होटलमा सूचीकृत ह्यात रिजेन्सी होटल काठमाडौंको बौद्धमा रहेको छ । विमानस्थलबाट ५ किलोमिटरको दूरीमा रहेको होटल सन् २००९ मा खुलेको हो । सुविधा सम्पन्न होटल ह्यातमा पनि वर्षभरीनै पर्यटकको अभाव हुदैन् । प्रतिरात ८० देखि २ सय डलर सम्मका रुम रहेको होटलमा भारतीय देखि अमेरिकन र चिनियाँ पर्यटकको पनि रोजाई हुने गरेको छ ।

होटल प्रिन्स
काठमाडौं प्रिन्स होटल पर्यटक केन्द्र ठमेलमा रहेको छ । दुई तारे स्तरमा सूचीकृत होटल विगत २० वर्ष देखि संचालनमा रहेको छ । उक्त होटल पर्यटकहरुको विशेष रोजाई हुने गरेको छ ।

होटल मनास्लु
काठमाडौंको लाजिम्पाटमा रहेको उक्त मनास्लु होटल तीन तारे स्तरको होटल हो । होटलबाट ठमेल, पशुपति मन्दीर देखि काठमाडौंमा धेरै स्थानमा जान सहज रहेको छ । विगत लामोसमय देखि संचालनमा रहेको उक्त होटलमा अथित्य संस्कारको हिसाव एकदमै राम्रो रहेको छ । होटलका पर्यटकहरुको लागि सुहाँउदो मुल्यमै बस्न पाउने व्यवस्था रहेको छ ।

होटल र्याडिसन
पाँच तारे होटल ¥याडिसन काठमाडौंको लजिम्पाटमै रहेको छ । सुविधासम्पन्न होटल र्याडिसन मोर्डन डिजाइन, लक्जरीयस तथा उच्च सर्भिसकै कारण पर्यटकको राजाई होटलमा पर्ने गरेको छ । होटलमा रुफटफ, स्विमिङपुल समेत रहेको होटलमा युरोपियन, अमेरिकन र चिनियाँ पर्यटकको रोजाई हुने गरेको छ । होटलमा ८० डलर देखि २ सय डलरसम्म पर्ने गरेको छ ।

होटल सोल्टी क्राउन प्लाज

काठमाडौंको कालिमाटी क्षेत्रमा रहेको पाँच तारे स्तरको होटल सोल्टी क्राउन प्लाजा सुविधासम्पन्न होटल हो । जहाँ नेपाल आउने महंगा पर्यटकको बसाई हुने गरेको छ । नेपाल आउँदा विदेशी कुटनैतिक नियोग तथा राष्ट्र प्रमुखहरुको बसाई उक्त होटलमा हुने भएकोले पनि पर्यटकको पहिलो रोजाई क्राउन प्लाजा हुने गरेको छ । होटलमा १ सय डलर देखि ३ सय डलर सम्मका रुमहरु रहेको छ ।

होटल याक एन्ड यति
दरबारमार्गमा रहेको होटल याक एन्ड यति सुविधासम्पन्न पाँचतारे होटल हो । होटलमा विशेषगरी भारतीय पर्यटकको पहिलो रोजाई हुने गरेको छ । होटल बर्षभरीनै पर्यटकले भरीने गरेको छ । सवैप्रकारको सुविधा रहेको होटलमा १ सय डलर देखि ३ सय डलरसम्मका रुमहरु रहेका छन् ।

माथी उल्लेख गरिएका बाहेक लजिम्पाटमै रहेको पाँचतारे होटल सांग्रिला होट एन्ड रिसोर्ट, ठमेलमा रहेको काठमाडौं गेष्ट हाउस, बुढानिकन्ठमा रहेको पार्क भिलेज, लगायत होटल पनि ट्रिप एड्भाइजरीले सुविधासम्पन्न काठमाडौका होटलको सूचीमा राखेको छ ।


क्लिकमान्डु