सार्वजनिक खरिद कार्यालयले राख्यो यी ५ कम्पनीलाई कालोसूचीमा, यस्तो हुन्छ कारबाही



काठमाडौं । समयमै खरिद बिक्री नगर्ने विभिन्न पाँच ठेकेदार कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ ।

प्रतिबद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गरेको हो ।

कालोसूचीमा परेकामा टोखा नगरपालिका धापासीको ‘डिएनके ट्रेडिङ प्रालि’, काठमाडौं महानगरपालिका घट्टेकुलोको ‘क्वालिटी सेक्यूरिटी गुड्स सप्लायर्स’, काठमाडौं महानगरपालिका इन्द्रचोकको नारायणदास श्रीनिवास र काठमाडौंकै पवन कुमार÷नितेश कुमार छन् ।

ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रालिलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा राखिएको छ । समयमै काम नगरेका कारण ठेकेदार कंलाई कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले जानकारी दिए ।

उनकाअनुसार ती कम्पनीले १ देखि ३ वर्षसम्म कुनै कारोवार गर्न पाउने छैनन् । ती कम्पनीले गरेको गल्तीका आधारमा कारवाहीको समयावधि राखिएको र उनीहरुले पुनरावेदन गर्न सक्ने व्यवस्था भएको सचिव देवकोटाको भनाइ छ ।


क्लिकमान्डु