महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प सम्पन्न



काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुको लागि आयोजना गरेका फ्रि सर्भिसिङ्ग क्याम्प सम्पन्न भएको छ ।

सो क्याम्प यही पुस महिनाको २४ देखि २८ गतेसम्म सञ्चालन गरिएको थियो । योजनामा निःशुल्क सर्भिसिङ्गको साथसाथै स्पेयर पाटर््स, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो ।

साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो ।

यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गरेका कम्पनीले जनाएको छ ।


क्लिकमान्डु