सुर्या लाईफले बाँड्यो न्यानो कपडा, टोपी र ट्युवेल



काठमाडौं । सुर्या लाईफ् ईन्स्योरेन्स कम्पनीले सामाजिक उत्तर दायित्व अन्र्तगत सप्तरी जिल्लामा रहेका अति बिपन्न र गरिव परिवारका १ सय ७५ सदस्यहरुलाई न्यानो कम्वल, टोपी र खानेपानीको लागि २५ वटा ट्युवेल वितरण गरीएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको अध्यक्षता तथा पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देवको प्रमुख आतिथ्यमा आयोजित राहत वितरण कार्यक्रममा सो परिणामको सामग्री वितरण गरीएको हो ।

कार्यक्रममा बोल्दै पाण्डेले पिछडिएको समुदायलाई सधै सहयोग गर्ने, विमा शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्ने र विमाको पुजी देशकै लागि उपयोगमा लगाउने कुरामा जोड दिए ।


क्लिकमान्डु