इन्टरनेसनल सिमेन्टको बिज्ञापनमा राजेश हमाल



काठमाडौं । इन्टरनेसनल सिमेन्टको ब्राण्ड एम्बेस्डरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले हमाललाई आफ्नो उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको हो ।

इन्टरनेसनल सिमेन्टले उत्पादन गर्ने ओम, ज्योति र रुद्राक्ष ब्रान्डका सिमेन्टको प्रचार सामाग्रीको बिज्ञापनमा हमाल देखिने छन् ।

यस सम्बन्धी सम्झौता पत्रमा कम्पनी सञ्चालक बिमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन् ।

कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु