चैतको पहिलो सातादेखि बागलुङको बलेवा विमानस्थलमा नियमित उडान हुने



काठमाडौं । चैतको पहिलो सातादेखि बागलुङको बलेवा विमानस्थलमा नियमित उडान हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण बबरमहलमा आज भएको छलफलपछिले बलेवा विमानस्थलमा उडान नियमित उडान गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल र उपमहानिर्देश नरेन्द्र थापा, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र निवर्तमान सांसद प्रकाश पौडेल तथा नेपाल वायु सेवा निगम, तारा एयर, मकालु एयर, सिम्रिक एयरका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

छलफलमा ३ बुंदे सहमति भएको छ । जसअनुसार प्राधिकरणले एयरपोर्टको मर्मतसंभार र उपकरणसहितको आवश्यक भौतिक व्यवस्था र कर्मचारीको खटनपटन गर्नेछ । यस्तै, नेपाल वायुसेवा निगम र तारा एयरले हप्ताको एकपटक नियमित उडान भर्नेछ । यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा सहयोग पुर्याउने काम बागलुङ नगरपालिकाले गर्नेभएको छ । बागलुङबासीले लामो समयदेखि एयरपोर्ट संचालनको माग गर्दै आएका थिए ।


क्लिकमान्डु