फेब्रुवरीमा होण्डाको स्टाइलिस स्कुटर आउँदै, मूल्य कति ?



काठमाडौं । होण्डाले दिल्ली अटो शोमा आफ्नो नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । फेब्रुवरी ९ देखि १४ सम्म आयोजना हुने अटो शोमा होण्डाले स्टाइलिस स्कुटर सार्वजनिक गर्ने तयारी गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

होण्डाले आफ्नो नयाँ स्कुटर ‘स्कुपी’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यस स्कुटरमा एक्टिभा ४जी को इन्जिन लगाइएको छ ।

यसलाई कम्पनीले बिल्कुलै नयाँ लुक्समा निर्माण गरेको छ । यो होण्डाको अहिले सम्मकै स्टाइलिस स्कुटर हुने अनुमान लगाइएको छ । यो स्कुटर दुई कलर भेरिएन्टमा उपलब्ध हुने स्रोतको दाबी छ ।

मूल्य कति ?
यसको मूल्य करिब ६० हजार भारुको हाराहारीमा हुने छ । यस अनुपातले नेपाली बजारमा यसको मूल्य करिब २ लाखको हाराहारीमा पर्ने छ ।


क्लिकमान्डु