चेम्बरमा पुनः राजेशकाजी, भाष्करराज राजकर्णिकार बने बिशिष्ठ मानार्थ उपाध्यक्ष



काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको ६७ औ बार्षिक साधारण सभाबाट राजेशकजी श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । भने बरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् ।

चेम्बरको संशोधित विधान अनुसार ६ जना उपाध्यक्ष रहने व्यवस्था रहेको छ । जसअनुसार विशिष्ठ मानार्थ उपाध्यक्षको रुपमा भाष्करराज राजकर्णिकार नियुक्त भएका छन् ।

त्यस्तै नयाँ बिधान अनुसार बाणिज्यतर्फको उपाध्यक्ष कमलेशकुमार अग्रवाल, जिल्ला नगरतर्फको उपाध्यक्ष दीपककुमार मलहोत्रा, उद्योगतर्फको उपाध्यक्ष महेन्द्रमान श्रेष्ठ, बसतुगततर्फको उपाध्यक्ष इच्छाराज तामाङ र संस्थागततर्फको उपाध्यक्षमा नरेश श्रेष्ठ उपाध्यक्ष सर्वसम्मतरुपमा चुनिएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष भइसकेका भाष्करराज राजकर्णिकार अब चेम्बरमा आवद्ध भएका छन् ।

‘साथीहरुले मलाई चेम्बरसँग जोडिन आग्रह गर्नुभयो, म लामो समयदेखि चेम्बर आन्दोलनमा लागेकोले मैले यसलार्इृ साथीहरुले देखाएको स्नेहको रुपमा लिएको छु ।’ क्लिकमाण्डुसँग राजकर्णिकार बताए ।

देश संघिय संरचनामा गएकाले चेम्बरलेसमेत आफ्नो विधान संशोधन गरेर प्रादेशिक संरचनामा लगेको छ । उसले ७ वटै प्रदेशबाट कार्यसमितिमा प्रतिनित्व गराएको छ ।

उता नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फबाट उपाध्यक्ष जितेर स्थानीय निर्वाचनमा बेनी नगरपालिकाबाट निर्वाचन लडेका प्रमोद श्रेष्ठ महासंघबाट निलम्बनमा परेसँगै चेम्बरमा प्रदेश नम्बर ४ बाट प्रदेशिक चेम्बरको अध्यक्षको रुपमा कार्यसमितिमा प्रबेश गरेका छन् ।

साधारण सभाले ६३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


क्लिकमान्डु