डिशहोमको एक्सन स्पोर्ट्स च्यानलमा रिंग रेस्लिङ्ग प्रशारण हुने



काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि शुरु गरेको मनोरञ्जनात्मक च्यानलहरु पछिल्ला दिनहरुमा निकै लोकप्रिय भएका छन् ।

कम्पनीले शुरु गरेको “रमाइलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुले नेपाली दर्शकहरुको चाहनाअनुसारको मनोरन्जनात्मक तथा खेलकुदका गतिबिधि प्रस्तुत गर्ने गरेको हुँदा लोकप्रियता कमाएको कम्पनीले दाबी गरेको छ ।

डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाइलो टिभीमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका छन् ।

त्यसैगरि खेलकुद प्रति समर्पित एक्सन स्पोर्ट्स च्यानलमार्फत देशको हरेक कुनामा संचालन हुने खेल प्रतियोगिताहरु खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुगेको खेलकर्मी र खेलप्रेमीहरु बताउँछन् ।

हरेक हप्ता शुक्रबार र शनिबार नियमित डिशहोमको एक्सन स्पोर्ट्स च्यानल नं. १०५ मा बेलुकी ८ बजेबाट रिंग रेस्लिङ्ग प्रशारण हुने भएको छ । यसका साथै हाल धनगढीमा भइरहेको खप्तड गोल्डकपको हरेक खेलको प्रत्यक्ष प्रशारण पनि भइरहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु